
काठमाडौं । काठमाडौं । काठमाडौं उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंका १५ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले जित निकाल्दै ‘क्लिन स्वीप’ हानेका छन् ।
संघीय राजधानी काठमाडौं उपत्यकाका सबै निर्वाचन क्षेत्रमा रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ ले अभूतपूर्व सफलता प्राप्त गरेको हो ।
मत गणनाको अन्तिम नतिजा अनुसार काठमाडौं उपत्यकाका १५ वटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू भारी मतान्तरले विजयी भएका छन्।
विजयी उम्मेदवार र उनीहरूका निकटतम प्रतिस्पर्धीको चुनावी विवरण यसप्रकार छ:
काठमाडौं क्षेत्र नं. १: रास्वपाकी रन्जु दर्शना (न्यौपाने) १५,४५५ मतका साथ विजयी भइन्। उनले ६,३६४ मत प्राप्त गर्दै प्रबल थापा क्षेत्रीलाई पराजित गरिन्।
काठमाडौं क्षेत्र नं. २: सुनिल के.सी. ३४,२३८ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी कबिर शर्माले ८,८७४ मत प्राप्त गरे।
काठमाडौं क्षेत्र नं. ३: राजु नाथ पाण्डे १८,७५७ मत ल्याएर विजयी भए। उनले ११,१७१ मत प्राप्त गर्ने कुलमान घिसिङलाई पछि पारे।
काठमाडौं क्षेत्र नं. ४: पुकार बम २९,१४२ मतका साथ विजयी भएका छन्। उनले सचिन तिमल्सेना (८,८२४ मत) लाई ठूलो अन्तरले पराजित गरे।
काठमाडौं क्षेत्र नं. ५: सस्मित पोखरेल ३०,७३७ मतसहित निर्वाचित भए। उनले ११,१५९ मत प्राप्त गर्ने प्रदीप पौडेललाई पराजित गरे।
काठमाडौं क्षेत्र नं. ६: शिशिर खनाल २७,७११ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी कृष्ण बानियाँ क्षेत्रीले ६,७५१ मत प्राप्त गरे।
काठमाडौं क्षेत्र नं. ७: गणेश पराजुली २७,८०५ मतसहित विजयी भए। उनले ३,१८२ मत प्राप्त गर्ने प्रमोद हरि गुरागाईंलाई भारी मतान्तरले हराए।
काठमाडौं क्षेत्र नं. ८: विराज भक्त श्रेष्ठ २४,५९२ मतका साथ विजयी भए। उनका निकटतम प्रतिस्पर्धी सुमन सायमीले ३,२१७ मत प्राप्त गरे।
काठमाडौं क्षेत्र नं. ९: डोल प्रसाद अर्याल ३५,०९३ मतसहित निर्वाचित भए। उनले ५,४६० मत प्राप्त गर्ने नानु मैया बास्तोलालाई पराजित गरे।
काठमाडौं क्षेत्र नं. १०: प्रदिप विष्ट ३७,४६९ मतका साथ विजयी भए। उनले ८,९०० मत प्राप्त गर्ने हिमाल कार्कीलाई पछि पारे।
ललितपुर
ललितपुर-१: यस क्षेत्रमा रास्वपाका बुद्ध रत्न महर्जन निर्वाचित भएका छन् । महर्जनले २३,३७३ मत प्राप्त गर्दै सानदार जित हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले १३ हजार ५२० मत प्राप्त गरे ।
ललितपुर-२: यसक्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छैन यद्दपि, रास्वपा उम्मेदवार जिततर्फ अग्रसर छन् । उनका निकटतम प्रतिस्पर्धीले रास्वपा उम्मेदवार जगदीश खरेललाई भेट्ने अवस्था देखिएको छैन । खरेलले १३ हजार ७३५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेमकृष्ण महर्जन १ हजार ८५४ मत पाएका छन् ।
ललितपुर-३: यस क्षेत्रमा तोसीमा कार्की विजयउन्मुख छिन् । उनले ३१ हजार ५९० भोट पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ६ हजार ३६९ मत पाएका छन् ।
भक्तपुर
भक्तपुर:१- यस क्षेत्रमा पहिलोपटक नेपाल मजदुर किसान पार्टीको गढ रास्वपाले भत्काएको छ । यस क्षेत्रमा रास्वपा उम्मेदवार रुकेश रन्जितले ३३ हजार ४३६ भोटसहित जित हात पार्दा नेमकिपाका प्रेम सुवाल २८ हजार १४७ मतसहित पराजित भएका छन्।
भक्तपुर-२: यस क्षेत्रमा नेकपा एमालेका सचिव महेश बस्नेतलाई ठूलो मतान्तरले पराजित गर्दै रास्वपा उम्मेदवार राजीव खत्री निर्वाचित भएका छन् । खत्रीलाई ३४७०२ मत ल्याएर निर्वाचित भएका हुन् ।
काठमाडौं उपत्यकाको कतिपय सिटमा कांग्रेस, एमाले, नेकपाका उम्मेदवारको जमानतसमेत जफत भएको छ ।
काठमाडौंका सबै क्षेत्रमा भएको यो जितले नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र वर्चस्वलाई थप बलियो बनाएको छ ।
यसअघिका निर्वाचनका नेपाली कांग्रेस, एमाले र तत्कालीन नेकपा माओवादीले जित्दै आएको काठमाडौंमा ति दलहरू प्राप्त गरेको मत निकै कमजोर देखिएको छ ।











प्रतिक्रिया