
काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले जित निकाल्दै ‘क्लिन स्वीप’ हानेका छन् ।
संघीय राजधानीको सबै निर्वाचन क्षेत्रमा रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ ले अभूतपूर्व सफलता प्राप्त गरेको हो ।
मत गणनाको अन्तिम नतिजा अनुसार काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू भारी मतान्तरले विजयी भएका छन् ।
विजयी उम्मेदवार र उनीहरूका निकटतम प्रतिस्पर्धीको चुनावी विवरण यसप्रकार छ:
काठमाडौं क्षेत्र नं. १: रास्वपाकी रन्जु दर्शना (न्यौपाने) १५,४५५ मतका साथ विजयी भइन्। उनले ६,३६४ मत प्राप्त गर्दै प्रबल थापा क्षेत्रीलाई पराजित गरिन्।
काठमाडौं क्षेत्र नं. २: सुनिल के.सी. ३४,२३८ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी कबिर शर्माले ८,८७४ मत प्राप्त गरे।
काठमाडौं क्षेत्र नं. ३: राजु नाथ पाण्डे १८,७५७ मत ल्याएर विजयी भए। उनले ११,१७१ मत प्राप्त गर्ने कुलमान घिसिङलाई पछि पारे।
काठमाडौं क्षेत्र नं. ४: पुकार बम २९,१४२ मतका साथ विजयी भएका छन्। उनले सचिन तिमल्सेना (८,८२४ मत) लाई ठूलो अन्तरले पराजित गरे।
काठमाडौं क्षेत्र नं. ५: सस्मित पोखरेल ३०,७३७ मतसहित निर्वाचित भए। उनले ११,१५९ मत प्राप्त गर्ने प्रदीप पौडेललाई पराजित गरे।
काठमाडौं क्षेत्र नं. ६: शिशिर खनाल २७,७११ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी कृष्ण बानियाँ क्षेत्रीले ६,७५१ मत प्राप्त गरे।
काठमाडौं क्षेत्र नं. ७: गणेश पराजुली २७,८०५ मतसहित विजयी भए। उनले ३,१८२ मत प्राप्त गर्ने प्रमोद हरि गुरागाईंलाई भारी मतान्तरले हराए।
काठमाडौं क्षेत्र नं. ८: विराज भक्त श्रेष्ठ २४,५९२ मतका साथ विजयी भए। उनका निकटतम प्रतिस्पर्धी सुमन सायमीले ३,२१७ मत प्राप्त गरे।
काठमाडौं क्षेत्र नं. ९: डोल प्रसाद अर्याल ३५,०९३ मतसहित निर्वाचित भए। उनले ५,४६० मत प्राप्त गर्ने नानु मैया बास्तोलालाई पराजित गरे।
काठमाडौं क्षेत्र नं. १०: प्रदिप विष्ट ३७,४६९ मतका साथ विजयी भए। उनले ८,९०० मत प्राप्त गर्ने हिमाल कार्कीलाई पछि पारे।
काठमाडौंका सबै क्षेत्रमा भएको यो जितले नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र वर्चस्वलाई थप बलियो बनाएको छ ।
यसअघिका निर्वाचनका नेपाली कांग्रेस, एमाले र तत्कालीन नेकपा माओवादीले जित्दै आएको काठमाडौंमा ति दलहरू प्राप्त गरेको मत निकै कमजोर देखिएको छ ।









प्रतिक्रिया