सम्पूर्ण अपडेट

३५ वर्षदेखि नेमकिपाको गढ भत्काएर भक्तपुर १ मा रास्वपाले रच्यो इतिहास

399
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीको गढ भक्तपुर १ मा रास्वपाले जित निकाल्दै इतिहास रचेको छ ।

२०४८ यताका सबै चुनाव जितेको मादल चुनाव चिह्न अंकित मजदुर किसान पार्टीले गढ रक्षा गर्न नसकेको हो । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले मादलको गढमा घन्टीको झण्डा फहराउँदै ऐतिहासिक जित निकालेको हो ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले २०४८, ०५१, ०५६, ०६४ र ०७० गरी पाँचपटक चुनाव जितेको उक्त क्षेत्र ०७४ र ०७९ महासचिव प्रेम सुवालले जितेका थिए । प्रत्यक्षमा ह्याट्रिक गर्ने योजनासहित पुन: उम्मेदवार बनेका उनी ह्याट्रीकबाट रोकिएका हुन् । उनलाई रास्वपाका उम्मेदवार रुकेश रन्जितले पराजयको स्वाद चाखे ।

रन्जित ३३ हजार ४३६ मत पाइ विजयी हुँदा नेमकिपाका प्रेम सुवालले २८ हजार १४७ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

यसअघिका निर्वाचनमा भारी मतान्तरले जित्दै आएको नेमकिपा यसपटक ५ हजार २८९ मतान्तरले पछि पर्दै पारजित भएको हो।

यसक्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले ४ हजार२८२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत मात्र पाए ।