
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार सम्पन्न निर्वाचनमा २२ ठाउँमा जित निकालेको छ। १६५ निर्वाचन क्षेत्रमा भएको मतदानको मत गणना जारी हुँदा रास्वपाले २२ स्थानमा जीत हात पारेको हो ।
निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार ‘घण्टी’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका रास्वपाका उम्मेदवारहरूले ५ वटा प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा सानदार जित हासिल गरेका छन् ।
विजयी २२ उम्मेदवार र उनीहरूले प्राप्त गरेको मत यसप्रकार छ:
कोशी प्रदेश:
१. सन्तोष राजवंशी (मोरङ ४): ४०,८३३ मत
२. रुबिना आचार्य (मोरङ ६): ५५,५१३ मत
मधेश प्रदेश:
३. मनिष झा (धनुषा ३): ४३,९८८ मत
४. प्रमोद कुमार महतो (महोत्तरी १): ३४,६३६ मत
बागमती प्रदेश:
५. रन्जु न्यौपाने (काठमाडौँ १): १५,४५५ मत
६. सुनिल के.सी. (काठमाडौँ २): ३४,२३८ मत
७. राजु नाथ पाण्डे (काठमाडौँ ३): १८,७५७ मत
८. पुकार बम (काठमाडौँ ४): २९,१४२ मत
९. सस्मित पोखरेल (काठमाडौँ ५): ३०,७३७ मत
१०. गणेश पराजुली (काठमाडौँ ७): २७,८०५ मत
११. विराज भक्त श्रेष्ठ (काठमाडौँ ८): २४,५९२ मत
१२. डोल प्रसाद अर्याल (काठमाडौँ ९): ३५,०९३ मत
१३. प्रदिप विष्ट (काठमाडौँ १०): ३७,४६९ मत
१४. रुकेश रन्जित (भक्तपुर २): ३३,४३६ मत
१५. रवि लामिछाने (चितवन २): ५४,४०२ मत
गण्डकी प्रदेश:
१६. उत्तम प्रसाद पौडेल (कास्की २): ३१,९११ मत
१७. बिना गुरुङ (कास्की ३): ३७,७५० मत
१८. धनन्जय रेग्मी (स्याङ्जा १): २९,०७१ मत
१९. सागर भुसाल (पर्वत १): २६,५६१ मत
लुम्बिनी प्रदेश:
२०. कन्हैया बनिया (रूपन्देही ४): २८,०६६ मत
२१. सुरेश कुमार चौधरी (बाँके १): ३२,७९२ मत
२२. खगेन्द्र सुनार (बाँके ३): २९,५५१ मत
यसरी राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेशमा सबैभन्दा धेरै ११ सिट, गण्डकीमा ४, लुम्बिनीमा ३, कोशीमा २ र मधेश प्रदेशमा २ सिट गरी जम्मा २२ निर्वाचन क्षेत्रमा ऐतिहासिक जित दर्ता गराएको छ।








प्रतिक्रिया