सम्पूर्ण अपडेट

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, केपी ओली ६ हजार बढी मतले पछाडि

203
Shares

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले भारी अग्रता लिएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निकै पछाडि पारेका छन्।

पछिल्लो प्राप्त मतपरिणाम अनुसार रास्वपाका बालेन्द्र शाह (बालेन) ले १० हजार १९० मत प्राप्त गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ हजार ८७ मत पाएका छन्। बालेन र ओलीबीचको मतान्तर ६ हजार १०३ रहेको छ ।

अन्य उम्मेदवारहरू प्रतिस्पर्धामा निकै पछाडि देखिएका छन् । श्रम संस्कृति पार्टीका समिर तामाङले १३९ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङ ९० मतका साथ चौथो स्थानमा छन् ।