सम्पूर्ण अपडेट

मुगुका २८ मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइँदै, सर्वदलीय बैठकपछि गणना थालिने

49
Shares

काठमाडौं । हिमाली जिल्ला मुगुका २८ मतदान केन्द्रका मतपेटिका अझै सदरमुकाम गमगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन बाँकी रहेको छ ।

जिल्लाका कुल ७० मतदान केन्द्रमध्ये ४२ केन्द्रका मतपेटिका कार्यालयमा आइपुगेका छन् भने बाँकी २८ केन्द्रका मतपेटिका ल्याउने प्रक्रिया जारी रहेको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए ।

उनका अनुसार बाँकी मतपेटिका बोकेर निर्वाचन टोली सदरमुकामतर्फ हिँडिसकेको छ । खत्याड गाउँपालिकाका १९, सोरु गाउँपालिकाको १ र मुगुम कार्मारोङ गाउँपालिकाका ८ मतदान केन्द्र गरी २८ केन्द्रका मतपेटिका आउन बाँकी छन् ।

सबै मतपेटिका सदरमुकाम पुगेपछि सर्वदलीय बैठक बसेर मतगणना प्रक्रिया अगाडि बढाइनेछ ।