
बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रतालाई निकै मजबुत बनाएको छ । पछिल्लो मतगणना अनुसार रास्वपाका उम्मेदवार अरबिन्द साहले आफ्ना निकटतम प्रतिस्पर्धीलाई भारी मतान्तरले पछाडि पारेका छन् ।
ताजा परिणाम अनुसार रास्वपाका अरबिन्द साहले ६,१३७ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार फरमुल्ला मन्सुरले १,३२३ मत मात्र प्राप्त गरेका छन् । साह र मन्सुरबीचको अन्तर ४,८१४ रहेको छ ।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालका रामबाबु यादवले १,२३७ भोट पाउँदा नेकपाका उम्मेदवार भरत साहले १५० मत प्राप्त गरेका छन् ।








प्रतिक्रिया