
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शना प्रतिस्पर्धी उम्मेदवारहरूसँग फराकिलो मतान्तरसहित अघि रहेकी छन् ।
शुक्रबार बिहान पौने ८ बजेसम्मको अद्यावधिकअनुसार २० हजार ४८८ मत गणना हुँदा दर्शनाले १० हजार ५८१ मत प्राप्त गरेकी मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिए ।
उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ४ हजार ७३३ मत पाएका छन्। दर्शनाले थापामाथि ५ हजार ८४८ मतको अग्रता बनाएकी छन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रविन्द्र मिश्रले २ हजार ७४४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मोहन रेग्मीले ८६५ मत पाएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीकी कृतु भण्डारीले २१८ मत प्राप्त गरेकी छन् ।
यस क्षेत्रको मतगणनामा हालसम्म ४६१ मत बदर भएको छ भने करिब १० हजार मत गणना हुन बाँकी रहेको बताइएको छ ।
मुख्य निर्वाचन अधिकृत खड्काका अनुसार यस क्षेत्रको अन्तिम मतपरिणाम आज दिउँसो १२ बजेसम्म आउने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया