सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

84
Shares

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २:३० बजेसम्म ३८ दशमलव ४ प्रतिशत मत खसेको छ ।

कैलालीको धनगढीस्थित प्रदेशस्तरको निर्वाचन कमाण्ड पोष्टकाअनुसार बिहान ७ बजेदेखि यहाँका सबै मतदान केन्द्रहरुमा मतदान भइरहेको छ ।

प्रदेशका नौ वटै जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले जानकारी दिए । कर्मचारीका लागि समानुपातिकतर्फ र कारागारका रहेका कैदीबन्दीलाई मतदानका लागि अस्थायी मतदान केन्द्र समेत राखिएको छ ।