
काठमाडौं । गोल्यान ग्रुपको ट्राइकोट इन्डष्ट्रिजले चालु आर्थिक वर्षको ६ महिनामा साढे ४८ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ६ महिनाको अवधिमा ४८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले गत आवमा ७८ करोड १० लाख रुपैयाँ, सन् २०२४ मा ७८ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा ५० करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको व्यापार गत आवमा ७ प्रतिशतले बढेको थियो । तर, नाफा भने कमाउन सकेको थिएन ।
चालु आवको ६ महिनाको कारोबार हेर्दा व्यापार रिबाउन्ड भएको देखिएको कम्पनीले जनाएको छ । कम्पनीले १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, कुल नगद सञ्चय २ करोड रुपैयाँ रहेको जनाएको छ ।
सन् १९९९ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका कपडा उत्पादन गर्दै आएको छ । कम्पनीले कस्मिरी, मेरिनोस, कस्मिरी बेलेन्ड लगायतका सामग्रीहरुबाट बुनेका कपडाहरु उत्पादन गर्दै आएको छ ।
कम्पनीले कस्टुमाइज्ड स्वीटर, स्र्काफ, सल, ह्याट, ब्लान्केट लगायतका सामाग्रीहरु उत्पादन गर्दै आएको छ । कम्पनीले कपडा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत, चीन र इटलीबाट ल्याउने गरेको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७० करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २१ करोड १० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४९ करोड रुपैयाँको रेटिङ गराएको हो ।










प्रतिक्रिया