नर्भिक हस्पिटलले ल्यायो ‘भ्यालेन्टाइन डे’ अफर


काठमाडौं । नर्भिक हस्पिटलले ‘भ्यालेन्टाइन डे’ को अवसरमा स्वास्थ्य जाँचमा ३० प्रतिशत छुटको अफर ल्याएको छ ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले भ्यालेन्टाइन डेको अवसर पारेर महिला र पुरुष दुवैका लागि ‘भ्यालेन्टाइन डे हेल्थ प्याकेज’ नामक योजना ल्याएको छ जसमा विभिन्न स्वास्थ्य जाँचहरूमा ३० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ।

यो योजनामा १८ प्रकारका स्वास्थ्य परीक्षण समावेश गरिएका छन्।

जस अन्तर्गत आरबीसी, सुगर फास्टिङ, लिपिड प्रोफाइल, टीएसएच, सोडियम, पोटासियम, क्रियाटिनिन, एसजीओटी, एसजीपिटी, युरिक एसीड, युरिन रुटिन, चेष्ट एक्सरे, युएसजी, इसीजी, इको, टिएमटी, चिकित्सकको परामर्शलगायत परिक्षणहरु पर्दछन् ।

त्यस्तै अस्पतालले ३० प्रतिशत छुटपछि १५ हजार ३३५ रुपैयाँको प्याकेज रहेको पनि जनाएको छ ।

अस्पतालले भ्यालेन्टाइन डे लइित गरि स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उदेश्यले ल्याएको यस योजनाले महिला पुरुष दुवैलाई समयमै नियमित स्वास्थ्य परीक्षण गराउन सहयोग पुग्ने जनाएको छ । यो अफर फागुन १० गतेसम्म लागु हुने छ ।