
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले डेढ वर्षपछि पुनः उडान गर्ने भएको छ । २०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान लगतै दुर्घटनामा परेको यो वायुसेवाले पुनः उडान गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएसँगै आगामी फागुन पहिलो साताबाट उडान गर्ने गरी तयारी पूरा भइको जानकारी सौर्य एयरलाइन्सका प्रवन्धक इन्जिनियर राजेन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार सौर्य एयरलाइन्स गत वर्ष साउनमा भएको दुर्घटनापछि फेरि ठूलो साहस बोकेर र तस्दुरुस्त भएर उडान गर्दै छ । सौर्य एयरलाइन्सले आगामी फागुन पहिलो साताबाट एउटा जहाजबाट चार्टर उडान गर्दै छ । अर्को जहाज भने ६ महिनाभित्रै तयार हुने र नियमित उडानमा प्रयोग हुने पनि उनले बताए ।
सौर्यसँग हाल ५० सिट क्षमताको ९एम एएलई र ९ एन एएनम कलसाइनको दुईवटा जहाज छ । सौर्यको ९ एन एएमई जहाज भने गत वर्ष साउनमा दुर्घटनामा परेको थियो ।
सौर्य एयरलाइन्सले तत्कालै एउटा जहाज उडाउने र अर्कोलाई आवश्यक मर्मत गरेर उडान गर्ने भएको छ ।
सौर्यको उडान २०८१ साउन ९ देखि निलम्बनमा थियो । यो वायुसेवाको जहाज दुर्घटनामा परेपछि हुन नसकेको उडानलाई फेरि सुरुवात गर्ने अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको छ ।
प्राधिकरणले सौर्य एयरलाइन्सलाई सन् २०१४ को नोभेम्बर १३ का दिन उडान सञ्चालन अनुमति दिएको थियो । उक्त उडान अनुमतिको प्राधिकरणबाट यही जनावरी १८ मा नवीकरण भएको छ ।
सौर्यले ५० सिट क्षमताको सिआरजे नामक जहाजबाट नेपालभित्रै उडान गर्ने अनुमति पाएको यो वायुसेवाले विभिन्न आन्तरिक उडानका गन्तव्यमा सेवा दिने छ । यो वायुसेवाले प्राधिकरणबाट काठामाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीको दुईतर्फी उडान गर्ने छ ।








प्रतिक्रिया