
काठमाडौं । क्लिकमान्डु डटकमले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछिको निजी क्षेत्रको मनोबल स्थिति प्रतिबिम्बित गर्ने उद्देश्यले अध्ययन गरी तयार पारेको ‘क्लिकमान्डु रिसर्च’ प्रतिवेदन सिम्पोजियम कार्यक्रम सुरु भएको छ ।
आइतबार सोल्टी होटेलमा सुरु भएको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाकाे उपस्थिति रहेकाे छ ।
यस्तै कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाश श्रेष्ठलगायतका उद्योगी, व्यवसायीहरु सहभागी छन् ।
क्लिकमान्डु सिम्पोजियमः लगानीकर्ताको आत्मविश्वास चिरफार तथा विशेष अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमको पावर्ड बाइ प्रायोजक तानसेन सिमेन्ट रहेको छ । यसैगरी शिखर इन्स्योरेन्स, एनसेल र अर्घाखाँची सिमेन्टले स्पन्सर्ड बाइ प्रायोजन गरेका छन् ।
कार्यक्रमको सपोर्टेड बाइ प्रायोजकहरू एभरेष्ट ग्यास संसार, ग्लोबल आईएमई बैंक, टेस्ला, एसीसीए, किया, गोल्छा ग्रुप, स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल, नबिल बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक,कामना सेवा विकास बैंक, अपि इन्फ्रा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, लुमिनस, सन नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, सिटिजन लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, दक्षिणकाली इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज, लिटल एन्जल्स, नेपाल वित्तीय संस्था संघ र ग्लेन्फिडिच रहेका छन् ।
यसैगरी बेभरेज पार्टनर गोर्खा पिल्सनर रहेको छ भने एप पार्टनर हातमा न्युज रहेको छ ।








प्रतिक्रिया