विश्वव्यापी मुद्रास्फीति अझै घट्दै जाने आईएमएफको प्रक्षेपण


एजेन्सी । सुस्त माग र ऊर्जाको कम मूल्यका कारण विश्वव्यापी मुद्रास्फीति सन् २०२६ मा ३.८ प्रतिशत र सन् २०२७ मा ३.४ प्रतिशतमा झर्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखले सोमबार बताएकी छन् ।

प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले दुबईमा आयोजित एनुअल अरब फिस्कल फोरममा दिएको भाषणमा भूराजनीति, व्यापार नीति, प्रविधि र जनसांख्यिकीमा आएका व्यापक परिवर्तनहरूका बीच पनि विश्वव्यापी वृद्धि अत्यन्तै राम्रो रहेको बताइन् ।

एकपक्षीय व्यापार सम्झौताहरू बढ्दै गएको भन्दै जर्जिएभाले थप व्यापार एकीकरणका लागि आह्वान समेत गरिन् ।

‘व्यापार विखण्डनको संसारमा थप व्यापार एकीकरण नितान्त अपरिहार्य छ,’ उनले बताइन्, ‘हामीले यस वर्ष के देख्यौं भने व्यापार हामीले डर माने जस्तो गरी घटेन । वास्तवमा, व्यापार विश्वव्यापी वृद्धिको तुलनामा केही सुस्त गतिमा बढिरहेको छ ।’