
एजेन्सी । फ्रान्सले ग्रीनल्यान्डमा नेटो सैन्य अभ्यासका लागि अनुरोध गरेको छ ।
आफू यसमा योगदान दिन तयार रहेको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको कार्यालयले बुधबार जनाएको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प बुधबार स्विटजरल्यान्डको डाभोस पुगेकै समयमा फ्रान्सेली अनुरोधको खबर आएको छ ।
युरोपेली विरोधका बावजुद दशकौंयताकै सबैभन्दा खराब ट्रान्सएट्लान्टिक सम्बन्धका बीच उनले विश्व आर्थिक मञ्चलाई ग्रीनल्यान्ड प्राप्त गर्ने आफ्नो दबाब बढाउनका लागि उपयोग गर्ने सम्भावना छ ।
मंगलबार डाभोसमा बोल्दै म्याक्रोनले युरोप धम्की दिनेको सामु नझुक्ने वा नडराउने बताए । युरोपले ग्रीनल्यान्ड कब्जा गर्न नदिएमा चर्को भन्सार शुल्क लगाउने ट्रम्पको धम्कीलाई म्याक्रोनले कठोर आलोचना गरे ।
नेटो नेताहरूले ट्रम्पको ग्रीनल्यान्ड रणनीतिले यस सैन्य गठबन्धनलाई नै उथलपुथल पार्न सक्ने चेतावनी दिएका छन् । ट्रम्पले ग्रीनल्यान्डको विषयलाई आफूले नोबेल शान्ति पुरस्कार नपाएको झोंकसँग जोडेका छन् ।








प्रतिक्रिया