रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले माग्यो १ करोड धरौटी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ । अदालतले लामिछानेसँग सहकारी ठगी मुद्दामा उक्त धरौटी रकम गरेको हो ।

लामिछानेसहित २९ जनाविरुद्ध वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोग रहेको छ । सोही मुद्दाको सुनुवाइको लागि आज माघ ६ गते पर्सा जिल्ला अदालतका न्यायाधीश रूद्रप्रसाद सुवेदीको इजलासम पेशी तोकिएको थियो ।

न्यायाधीश सुवेदीको इजलासले लामिछानेसँग एक करोड धरौटी मागेको हो ।

उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

रवि चितवन २ बाट चुनाव लड्दै छन् । यसका लागि आजै पर्सा अदालतमा हाजिर गरेर चितवन पुग्ने र आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवारी दर्ता गराउने तयारीमा छन ।