आर्थिक वर्ष सुरू भएको ६ महिनापछि एन्फाले ल्यायो बजेट, चालु आवमा १ अर्ब ५६ करोड खर्च गर्ने


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५६ करोड १७ लाख ८५ हजार रुपैयाँभन्दा बढीको बजेट पारित गरेको छ । एन्फा कम्प्लेक्स, सातदोबाटोमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा सम्पन्न बैठकले संघको आगामी वर्षको खर्च योजना अन्तिम रूप दिइएको हो ।

चालु आर्थिक वर्ष सुरू भएको ६ महिना बितिसकेको छ । एन्फाले भने बल्लमात्र बजेट पारित गरेको हो । अब यो बजेट खर्च गर्न ६ महिनामात्र बाँकी छ । समयमै बजेट आउन नसक्दा एन्फाका विभिन्न गतिविधिहरू रोकिँदै आएको थियो ।

बजेट स्वीकृत गर्ने निर्णयसँगै, बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि एन्फाको लेखा परीक्षण प्रतिवेदन पनि अनुमोदन गरेको एन्फा प्रवक्ता सुरेश शाह ले जानकारी दिएका छन् । एन्फाले यो बजेटलाई देशको फुटबल विकास, प्रतियोगिता सञ्चालन, तथा संघका नियमित कार्यक्रमहरू सञ्चालनका लागि खर्च व्यवस्थापन समेट्ने गर्दै आएको छ ।