
काठमाडौं । नेपाली कांग्रेका केन्द्रीय सदस्य तथा उद्योगी विनोद चौधरीले अहिले पनि नेपाली कांग्रेसको नेतृत्वमा २०४८ सालमा भएको आर्थिक रुपान्तरणका मार्गमा देश हिँडिरहेको बताएका छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा उनले पछिल्लो ३५ वर्षमा ३५ वटा सरकार आए पनि नेपाली कांग्रेसको नेतृत्वको सरकारले गरेको आर्थिक रुपान्तरणमा अहिले पनि देश चलिरहेको र नयाँ रुपान्तरण हुन नसकेको बताए ।
‘नेपाली कांग्रेस नेतृत्वको सरकारले २०४८ मा आर्थिक रुपान्तरण गर्यो । नेपाली कांग्रेसले राजनीतिक रुपान्तरण मात्रै गरेन । आर्थिक रुपान्तरण पनि कांग्रेसकै नेतृत्वमा भएको थियो,’ चौधरीले भने, ‘३५ वर्षमा ३५ वटा सरकार आए पनि २०४८ को नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको आर्थिक रुपान्तरणले नै देश चलिरहेको छ ।’
उनले अब अर्थतन्त्रलाई बलियो दिशा दिनसक्ने, युवाको भोलिको भविष्यको सपना देखाउने नेपाली कांग्रेस पार्टी नागरिकले देख्न चाहेको उनले बताए । त्यसका लागि असहिलेको अभियानलाई नेतृत्व लिएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई अगाडि बढ्न उनले सुझाव दिए ।
‘देशमा ३५ वर्षको समयदेखि पुर्याउन नसकेको विकासको खुड्किलोमा पुर्याउनुस्, यो मुभमेन्टलाई अगाडि बढाउनुस्,’ उनले भने । उनले जेन जी मुभमेन्टमा युवाले देशमा परिवर्तन चाहेको र देशभित्रै काम गर्ने वातावरण बनोस् भन्ने पवित्र उद्देश्य राखेको समेत बताए ।
‘युवाको चाहान योग्यताका आधारमा राजनीति गर्ने वातावरण बनोस्, काखा र पाखाको रानीतिलाई पाखा लगाउन पाइयोस् भन्ने उहाँहरुको अपेक्षा हो,’ चौधरीले भने, ‘नेपाल जस्तो प्राकृतिक स्रोतको धनी देश सबैको सामु विकसित देशमा उभिन सकोस् भन्ने भावनाका साथ सुरु भएको परिवर्तको आन्दोलनमा केही दुभाग्यपूर्ण घटना भएको र उच्छृंखल व्यक्तिहरुले सम्पदामाथि आक्रमण गरेको उनले बताए ।’ जेनजी मुभमेन्टको उद्देश्य र माग समयसापेक्ष भएको उनले बताए ।
‘सुशासन, रोजगारी जस्ता कुरा जेनजीको आत्माको मात्रै पुकार थिएन । गत ३५ वर्षमा १ करोडभन्दा बढी नेपाली रोजगारीको लागि देश छाड्नुपर्ने परिस्थितिका कारण प्रत्येक घरबाट आएको पीडा थियो,’ उनले भने, ‘मुलुकमा व्याप्त भ्रष्टाचार, उद्योग र व्यवसायमा देखिएको विसंगितको विरुद्धमा देखिएको भिड मात्रै थिएन । राष्ट्र परिवर्तनको पुकार थियो ।’
उनले पछिल्लो ३५ वर्षका दौरान बाटो बिराएका रहेछौं भनेर स्वीकार गर्दै सिर्जनशील युवालाई पार्टी र नेतृत्वमा स्वीकार गर्नुपर्ने उनले बताए । ‘राजनीतिलाई पेशा होइन समाज रुपान्तरण गर्ने प्लेटर्फम हो भनेर आउनेलाई नेपाली कांग्रेसले खुला हृदयले भित्र्याउनुपर्छ,’ उनले भने ।








प्रतिक्रिया