
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक काठ गोदाममामा मंगलबार दिउँसो भीषण आगलागी भएको छ ।
प्रहरीका अनुसार आगो निभाउने प्रयास भइरहेको छ । धुवाँको मुस्लोका कारण उडानहरू प्रभावित रहेको चर्चा रहे पनि त्रिभुवन विमानस्थलका महाप्रवन्धक टेकनाथ सिटौलाले आगलागी र धुँवाका कारण विमानहरुको उडान र अवतरण नरोकिएको जानकारी दिए ।
‘विमानस्थल बाहिर भएको आगलागीले विमानस्थलमा असर गरेको छैन,’ सिटौलाले भने, ‘यसका कारण विमानको उडान र अवतरणमा कुनै समस्या छैन ।’








प्रतिक्रिया