
काठमाडौं । नक्कली नोट छाप्ने मेसिनसहित भारतीय नागरिक पक्राउ परेका छन् । भारतको मोतिहारीका २८ वर्षीय रबि कुमार श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्ध समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा उनलाई नियन्त्रणमा लिएको हो ।
आइतबार बीर ०५ एफ २५११ नम्बरको भारतीय नम्बर प्लेट भएको बुलेट मोटरसाइकलको पछाडी सिटमा राखि नक्कली नोटहरू छाप्ने मेसिन, कम्प्युटर लगायत प्रिन्टिङ मेसिन भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा श्रीवास्तवलाई नियन्त्रणमा लिएको हो ।
गत १६ गते नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलबाट एक हजारको नक्कली नोट ९३ थानसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो।
बरामद सामानहरू
१ बीर ०५ एफ २५११ नम्बरको भारती प्लेट नम्बर भएको बुलेट मोटरसाइकल
२. ५ वटा गड्डीमा भारतीय रुपैयाँ ५००।- दरको ३१७ वटा नोटहरू
३. एलजी कम्पनीको मोनिटर थान – १
४. जेबआइन लेखिएको कीबोर्ड, हेड फोन, माउस थान – १/१
५. केवल तार थान – १०
६. भीभो कम्पनीको मोबाइल थान – १
७ एचपी कम्पनीको कलर प्रिन्टर थान – १
८. फिङ्गर लेखिएको सीपीयु थान – १
९. एम अडियो लेखिएको बक्स थान – १
१०. एचपी ११९१ क्याम लेजर टोनर
थान – ८
११. युस ९एमएम एम ९ पी ब्रीटा लेखिएको नक्कली पेस्तोल थान – १ युस ९एमएम एम ९ पी ब्रीटा
१२. लालीगुराँसको वाटरमार्क छापिएको १००० लेखिएको कागज थान – १८० र सादा कागज ७५ गरी जम्मा २५५ थान








प्रतिक्रिया