प्रचण्डपछि आरजु पनि गइन् भारत


काठमाडौं । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी कांग्रेस नेतृ आरजु देउवा राणा भारत प्रस्थान गरेकी छन् ।

नेपाल एयरलाइन्सको आरए–२१७ को उडानबाट उनी सोमबार नयाँ दिल्ली उडेकी हुन् । उनको भ्रमण प्रयोजन खुलाइएको छैन।

आइतबार मात्रै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल दिल्ली पुगेका थिए ।

प्रचण्डल् भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका छन्।

पार्टी कार्यक्रमका लागि भन्दै भारत पुगेका प्रचण्डले दिल्ली उत्रिएलगत्तै आइतबार साँझ डोभालसँग भेट गरेका हुन् ।