रास्वपामा ३३ जना केन्द्रीय सदस्य थपिए, बालेन बरिष्ठ नेतामा मनोनित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा ३३ जना थपिएका छन् । काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल, विवेकशील साझा पार्टीसहितका नयाँ अनुहारलाई रास्वपाले पार्टी एकतापछि केन्द्रीय समितिमा भित्र्याएको हो ।

आइतबार दिउँसो र साँझ बसेको पार्टीको छुट्टाछुट्टै केन्द्रीय समिति बैठकले थप ३३ जना केन्द्रीय सदस्य थप गरेको हो ।

विवेकशील साझा पार्टी छाडेर रास्वपासँगको एकतामा समाहित भएका ७ जनालाई दिउँसो केन्द्रीय समितिमा मनोनीत गरिएको थियो । आइतबारको बैठकबाट काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) रास्वपा को वरिष्ठ नेतामा मनोनित भएका छन् । रास्वपाको केन्द्रीय समितिको विशेष बैठकले शाहलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गर्ने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन।

रास्वपा पार्टी केन्द्रीय सदस्यहरुमा थप भएकामा बालेन शाह, सुनिल लम्साल, भूपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, डा.नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद छन ।

विवेकशील साझा छाडेकाहरुमा समीक्षा वास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान. नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना छन ।