विद्युत प्राधिकरणमा २६६ जनाका लागि जागिर खुल्यो, १२ कक्षा पास भएकालाई अवसर

2.7k
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागिएको जनाएको छ ।

प्राधिकरणले सहनिर्देशक, निर्देशक, प्रशासकीय अधिकृतदेखि मिटर रिडरसम्मको पदमा जागिर खान चाहनेलाई दरखास्त आह्वान गरेको हो ।

दसौँ तहको सहनिर्देशक, आठौँ तहको निर्देशक, सातौँ तहको प्रशासकीय अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, समाजशास्त्री, इन्जिनियर, वातावरणविद्, मिटर रिडरदेखि सुपरभाइजर सम्मका २६६ पदका लागि प्राधिकरणले दरखास्त आह्वान गरेको हो।

कुन पदमा कति कर्मचारी माग ?

क) अधिकृत स्तर (तह ७ देखि १० सम्म): जम्मा १३३ जना

तह १०: सह-निर्देशक – १ जना

तह ८: सहायक निर्देशक र सहायक प्रबन्धक (प्रशासन/प्राविधिक) – ८ जना

तह ७ (प्रशासन): प्रशासकीय, लेखा, कानुन, चार्टर्ड एकाउन्टेन्ट, समाजशास्त्री – २७ जना
तह ७ (प्राविधिक): इन्जिनियरहरू (इलेक्ट्रिकल ७५, सिभिल १०, कम्प्युटर ५, मेकानिकल ३, इलेक्ट्रोनिक्स १, सर्भे १, वातावरण २) – ९७ जना

ख) सहायक स्तर (तह ४ र ५): जम्मा १३३ जना

मिटर रिडिङ सुपरभाइजर (तह ५): ४१ जना (विभिन्न प्रदेशहरू गरी)

लेखापाल (तह ४): ५१ जना (विभिन्न प्रदेशहरू गरी)

सुपरभाइजर (तह ५ – प्राविधिक): ४१ जना (इलेक्ट्रिकल २८, मेकानिकल ७, सिभिल ६)
कुल जम्मा: १३३ (अधिकृत) + १३३ (सहायक) = २६६ जना

शैक्षिक योग्यता:

तह ७ र सोभन्दा माथि: सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण । (इन्जिनियर पदको हकमा स्नातक उत्तीर्ण भए पुग्ने)।

तह ५ (प्रशासन/मिटर रिडिङ): प्रवीणता प्रमाणपत्र तह वा १०+२ उत्तीर्ण।

तह ५ (प्राविधिक सुपरभाइजर): सम्बन्धित विषयमा डिप्लोमा उत्तीर्ण।

तह ४ (लेखापाल): वाणिज्य शास्त्र वा व्यापार प्रशासनमा १०+२ वा सो सरह उत्तीर्ण।

कति लाग्छ दरखास्त शुल्क ?
तह १०: २,०००
तह ८: १,४००
तह ७: १,२००
तह ४ र ५: ८०० रुपैयाँ

(समावेशी समूहका लागि प्रत्येक समूह थप दस्तुर: तह १० का लागि रु. ५०० र अन्य तहका लागि रु. ३०० देखि ४०० सम्म)

आवेदन दिने अन्तिम मिति २०८२ माघ ८ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ १५ सम्म फारम भर्न सकिनेछ । फारम अनलाइनमार्फत career.nea.org.np मा भर्नुपर्नेछ।