
काठमाडौं । पर्यटक तथा सर्वसाधारण व्यक्तिलाई दुःख दिनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंको चाबहिल, गौशाला तथा तिलगंगा क्षेत्रमा पर्यटक तथा सर्वसाधारण व्यक्तिहरूलाई दुःख दिने १२ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।
विभिन्न प्रलोभनमा पारेर लुटपाट गर्ने, दुःख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले १२ जनालाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
पक्राउ पर्नेमा नुवाकोट, विदुर नगरपालिका १३ का २८ वर्षीय अमृत खड्का, पर्सा, बहुदरमाई नगरपालिका विश्रामपुर १९ वर्षीय अकलेश साह, पर्सा, बहुदरमाई नगरपालिका विश्रामपुर ३१ वर्षीय दिनेश पटेल, काभ्रेपलान्चोक, रोशी गाउँपालिका ६ का १९ वर्षीय सुजन तामाङ, रोल्पा, माडी गाउँपालिका ५ का २२ वर्षीय प्रविन ओली, काभ्रेपलान्चोक, पाँचखाल नगरपालिका ७ का १९ वर्षीय रोजन तामाङ, कञ्चनपुर, कृष्णपुर नगरपालिका ६ का २१ वर्षीय जितेन्द्र सिंह वि.क, धनकुटा, धनकुटा नगरपालिका ३ का २५ वर्षीया रोशनी राई, झापा, भद्रपुर नगरपालिका ९ का २६ वर्षीय तिर्थ राजवंशी, उदयपुर, त्रियुगा नगरपालिका ९ का रचना मगर, सुर्खेत, चौकुने गाउँपालिका ८ का २१ वर्षीया जेनिसा थापा र झापा, काकडभिट्टा नगरपालिका ३ का ३० वर्षीया संगिता तामाङ रहेकी छन् ।










प्रतिक्रिया