परराष्ट्र मन्त्री बने बालानन्द शर्मा, लिए शपथ

329
Shares

काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबारै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, मन्त्रीहरूलगायत सहभागी थिए ।

प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हाल्दै आएको परराष्ट्र मन्त्रालयको जिम्मा उनले शर्मालाई दिएकी हुन् । अब प्रधानमन्त्री कार्कीले आफूसँग रक्षा र खानेपानी मन्त्रालय राखेकी छिन् ।

पूर्वरथी शर्मा सेना समायोजन विशेष समितिको सचिवालय संयोजक बनेका थिए भने कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारी समेत निर्वाह गरेका थिए ।