
काठमाडौं । जाँचबुझ आयोगले पूर्व गृहसचिबसहित तीनजनाको हकमा लागेको स्थान हद र विदेश भ्रमणमा रोक्का फुकुवा गरेको छ ।
भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले आज गरेको निर्णयानुसार पूर्व गृहसचिब गोकर्णमणी दुवाडी, नेपाल प्रहरकिा पूर्व महानिरिक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको हकमा स्थान हद रोक्का र विदेश भ्रमणमा लागेको रोक्का फुकुवा गरेको हो ।
यो निर्णयपछि अब दुवाडी, खापुङ र रिजाल काठमाडौं उपत्यका छाड्न पाउने र विदेश भ्रमण गर्न पाउने भएका छन् ।
तीनजनाको हकमा स्थान हद फुकुवा भएपनि तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकको हकमा भने कुनै निर्णय भएको छैन । उनीहरूले काठमाडौं छाड्न पाउने छैनन् ।








प्रतिक्रिया