
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । आज (बुधबार) राष्ट्रपति पौडेलले शीतल निवासमा छलफल गर्न लागेका हुन् ।
दिउँसो ३ बजे हुने उक्त भेटवार्तामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने राष्ट्रपति कार्यालयले जनाएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका तीनै नेतासँग हुने यस छलफलको एजेन्डाबारे भने शीतल निवासले केही खुलाएको छैन ।








प्रतिक्रिया