नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लगातार तेस्रो वर्ष पनि लाभांश नदिने भएको छ ।

कर्जा रिकभरीमा समस्या भएर सञ्चित नोक्सानी भएपछि बैंकले विगत २ वर्ष लाभांश नदिएकोमा यो वर्ष पनि लाभांश नदिने भएको हो ।

पुस ७ गते सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले आ.व. २०८१/८२ को लेखापरिक्षण भई प्राप्त वासलात, २०८१ साउन १ गतेदेखी २०८२ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धीत अनुसुचिहरु पारित गरेको छ ।

सञ्चालक समितिले पारित गरेका विवरणहरु बैंकको ३९औं बार्षिक साधारण सभामा स्वीकृतिका लागि प्रस्ताव पेश गर्न नेपाल राष्ट्र बैंकको अनुमतिका लागि पेश गर्ने निर्णया गरेको छ । राष्ट्र बैंक्ले विवरणहरु स्वीकृत गरेपछि बैंकले वार्षिक साधारणसभा आहवान गर्नेछ ।

Skip This