
काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ परेका छन् ।
आइतबार प्रहरीले रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-४ बस्ने धादिङ निलकण्ठ नगरपालिका-१३ घर भएका २४ वर्षीय सुजन आले मगरलाई पक्राउ गरेको हो ।
सुजनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।








प्रतिक्रिया