
काठमाडौं । बाग्मती खन्डसारी चिनी मिल्सको व्यापार २६ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा २६ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२४ मा ८३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२५ मा ६१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ७६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ४८ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा २० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् १९७६ मा स्थापना भएको कम्पनीले ऊखु प्रशोधन गरी चिनी उत्पादन गर्दै आएको छ । कम्पनीले दैनिक १२ सय ५० मेट्रिक टन क्षमतामा ऊखु प्रशोधन गर्दै आएको छख । नवलपरासीमा उद्योग रहेको कम्पनीले किसानहरुले उत्पादन गरेको ऊखु प्रशोधन गरी चिनी उत्पादन गर्दै आएको छ ।
सिद्धार्थ ग्रुपद्वारा सञ्चालित कम्पनीमा राम थापाको ५० प्रतिशत र जगदिश अग्रवालको ५० प्रतिशत हिस्सा छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८१ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १५ करोड ४० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६६ करोड २० लाख रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीले उद्योगको क्षमता बढाउने योजना बनाएको छ । कम्पनीले दैनिक १५ सय मेट्रिक टन क्षमतामा उद्योग सञ्चालन गर्ने जनाएको छ ।








प्रतिक्रिया