केन्ट आरओ किन्दा मुम्बई पुगेर नेपाल र इंग्ल्याण्डको विश्वकप खेल प्रत्यक्ष हेर्ने अवसर

98
Shares

काठमाडौं । विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आफ्ना नेपाली ग्राहकहरूका लागि ‘आईसीसी टी–२० विश्वकप २०२६’ लक्षित विशेष उपहार योजना सार्वजनिक गरेको छ।

“म्याच रेडि विथ पियोर वाटर” भन्ने नारासहित ल्याइएको यस योजना अन्तर्गत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय क्रिकेट अनुभव लिन पाउनेछन्।

योजनामा के छ ?

यस योजना अन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले ८ फेब्रुअरी २०२६ मा भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने नेपाल विरुद्ध इंग्ल्याण्डको आईसीसी टी–२० विश्वकप खेलको टिकट निःशुल्क प्राप्त गर्नेछन् । साथै, भाग्यशाली विजेताले ४ रात र ५ दिनको मुम्बई भ्रमण प्याकेज समेत जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

केन्टले अत्याधिक प्रविधियुक्त प्युरिफायर मार्फत ग्राहकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आएको छ।
सहभागी कसरी हुने ?

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले केन्टको उत्पादन खरिद गरेपछि आफ्नो मोबाइलबाट म्यासेज गर्नुपर्ने छ ।

यो योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ। योजना सम्बन्धी थप जानकारी कम्पनीको आधिकारिक सामाजिक सञ्जाल, डिलर तथा वेबसाइटमार्फत लिन सकिनेछ।