सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख ६० हजार नाघ्यो

231
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार(आज) सुनको मूल्य तोलामा २ लाख ६० हजार रुपैयाँ नाघेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको हो ।

आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलाको ३ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ८७० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि यसको प्रभाव देखिएको व्यवसायीहरू बताउँछन् ।