
काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।
सुन तोलामा तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको १००ले मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य तीन हजार ९०५ रुपैयाँ निर्धारण भएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८०५ मा बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।







प्रतिक्रिया