तेल र कमस्मेटिक सामग्री बेच्ने दयाल ट्रेडिङले गर्‍यो करिब १ अर्बको व्यापार

112
Shares

काठमाडौं । नेपाली बजारमा फास्ट मुभिङ कन्जुमर गुड्सको व्यापार गर्दै आएको कम्पनीले करिब एक अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवमा ९५ करोड रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२४ मा ७५ करोड २० लाख रुपैयाँ र सन् २०३ मा ८४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो । कम्पनीकाअनुसार गत आवमा कारोबार २७ प्रतिशतले बढेको छ ।

गत आवमा बजारमा माग बढेसँगै वस्तु तथा सेवा उच्च बिक्री भएको कम्पनीको भनाइ छ । सन् २०१२ बाट निरन्तर कारोबार गर्दै आएको कम्पनीले गत आवमा १.०३ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ०.५२ प्रतिशत खुद नाफा कमाएको थियो ।

कम्पनीले विदेशबाट वस्तु आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले कच्चा तेल, कपालमा लगाउने तेल र अन्य कस्मेटिक सामग्री आयात गरी कारोबार गर्दै आएको छ ।

राजिव शाहको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७ करोड ८० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८२ करोड २० लाख रुपैयाँको रेटिङ गराएको हो ।