
एजेन्सी । भेनेजुएला सरकारले बिहीबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाले भेनेजुएलाको तट नजिकैबाट एक प्रतिबन्धित तेल ट्यांकर नियन्त्रणमा लिएको घटनालाई दिनदहाडै गरिएको डकैतीको संज्ञा दिएको छ ।
भेनेजुएला सरकारले आफ्नो सार्वभौमसत्ता, प्राकृतिक स्रोतसाधन र राष्ट्रिय गरिमाको पूर्ण दृढताका साथ रक्षा गर्ने बताएको छ ।
साथै, ट्यांकर जफत गरिएको विषयलाई अन्तर्राष्ट्रिय निकायहरू समक्ष पुर्याउने र यसको विरोध गर्ने पनि उसले जनाएको छ ।
यसअघि बुधबार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जहाज नियन्त्रणमा लिइएको पुष्टि गरेका थिए ।
यस कदमले तेलको मूल्य बढाउनुका साथै अमेरिका र भेनेजुएलाबीचको तनावलाई चर्काएको छ ।







प्रतिक्रिया