
काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो सिजनमा अब दुईवटा खेल मात्र बाँकी छन्।
बिहीबार(आज) क्वालिफायर वानमा सुदूरपश्चिम रोयल्ससँग पराजित विराटनगर किंग्सले इलिमिनेटरको विजयी लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदै छ । आज अपराह्न ४ बजेबाट सुरु हुने खेलका लागि टिकट काट्न खोज्नेहरुमा द्विविधा देखिएको छ ।
यसअघि सामान्य दिनमा रंगशालामा पुगेर क्रिकेट हेर्न ५ सयको रुपैयाँको टिकट पाइने भए पनि लिग चरण सकिएपछि साधारण टिकटको मूल्य थपिएको थियो ।
क्यानले प्लेअफ तथा फाइनलका लागि साधारण टिकटको मूल्य १००० रुपैयाँ र प्रिमियम टिकट प्लेअफ तथा फाइनलका लागि २००० रुपैयाँ तोकेको थियो ।
तर आजको खेलमा जनरलतर्फका केही जोनको टिकट मूल्यलाई ‘प्रिमियम’ बनाइएको छ । जसको मूल्य २००० रुपैयाँ तोकिएको पाइएको छ ।
पहिलो क्वालिफायर र इलिमिनेटरमा ति जोनहरूको टिकट मूल्य १००० रुपैयाँ रहे पनि पनि अहिले भने प्रिमियम देखाइएको भन्दै खेलप्रेमीले क्यानको आलोचना गरिरहेका छन् ।







प्रतिक्रिया