
काठमाडौं । आज(मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ९ सय रूपैयाँ तोकिएको छ ।
सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो। यस हिसाबमा आज सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको छ।
मंगलबार चाँदीको मूल्य भने प्रतितोला १५ रूपैयाँले बढेको छ।
सोमबार प्रतितोला ३ हजार ५८५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ३ हजार ६ सय रूपैयाँ तोकिएको छ ।







प्रतिक्रिया