
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
पाँच पूर्व मन्त्री र सचिवहरुसहित ५५ व्यक्ति र एक कम्पनी ‘चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडलाई विपक्षी बनाइ मुद्दा दर्ताका लागि आएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामीछानेले जानकारी दिए ।
उनका अनुसार ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दर्ताका लागि अख्तियार दूरुपयोग अनुसन्धान आयोग अदालत पुगेको हो ।
पूर्वमन्त्रीहरूमा दिवंगत पोस्टबहादुर बोगटीको श्रीमती राममायाँ बोगटी, रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ ।
दुवै जना नलिन्चोक हेलिपोर्ट निर्माण अनियमितताका पनि प्रतिवादी हुन् ।
सर्वोच्च अदालतका पूर्वरजिस्ट्रासमेत रहेका विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यादलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनीलगायत १० पूर्वसचिवहरूलाई समेत प्रतिवादी बनाइएको छ ।







प्रतिक्रिया