उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य श्रेष्ठद्वारा राजीनामा घोषणा

1.3k
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा घोषणा गरेकी छन्।

हेटौँडामा सडक विस्तारका लागि घरहटहरा भत्काउन थालिएपछि पीडितको साथमा रहेको भन्दै श्रेष्ठले राजिनामा दिएको घोषणा गरेकी हुन् ।

हेटौँडामा सडक डिभिजनले सडक क्षेत्रभित्र परेका संरचनामा आज बिहानैदेखि डोजर चलाउन सुरु गरेको छ ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु। अरू अभियन्ता साथीहरू के गर्नुहुन्छ ? मेरो नैतिकता ले दिएन। म हेटौँडापीडितको साथ छु।’

Skip This