
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ।
हिजो (बिहीबार) सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा ९ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
चाँदीको मूल्य भने प्रतितोला ३ हजार ५५५ रुपैयाँ तोकिएको छ । चाँदी बिहीबार ३ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।







प्रतिक्रिया