साइकलसहित खसेर गिरीको मृत्यु भएपछि आफ्नै खर्चमा पन्तले पुलछेउमा लगाए फलामे बार

0
Shares

काठमाडौं । काठमाडौंको धोबीखोला करिडोरको रूद्रमति पुलछेउमा बार लगाइएको छ ।

बिहीबार बिहान एक जना पुरूषको मृत्यु भएपछि पुलछेउ बार लगाइएको छ।

रूद्रमति पुलनिर करिब पाँच मिटर खण्डमा रेलिङ नभएकाले पटक पटक दुर्घटना भएपछि हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले त्यहाँ फलामे बार लगाइदिएका हुन् । पन्तले आफ्नै खर्चमा बार लगाएको बताएका छन् ।

बिहीबार बिहान साइकलसहित खोलामा खसेका ५० वर्षीय ललित गिरी मृत भेटिएका थिए ।

धेरैलाई गुहार गरिए पनि बार नलागेर ७ वटा दुर्घटना भएको २ जनाको मृत्यु भएपछि आफूले व्यक्तिगत खर्चमा रेलिङ हालेको उनले बताए ।