जाडो र एनपीएललाई लक्षित गर्दै सीजी एलेक्सको ईएमआई र एक्सचेन्ज अफर

21
Shares

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सको सीजी एलेक्सले जाडो र एनपीएललाई लक्षित गर्दै ईएमआई तथा एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीका अनुसार पुराना उपकरण साट्दा उच्च मूल्यांकन हुनेछ भने नयाँ उपकरण ईएमआईमा खरिद गर्दा दैनिक ४५ रुपैयाँबाट सुरु हुने किस्ता उपलब्ध छ ।

अफरमा टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, डिस्वासर, कुकिङ रेनज, चिम्नी लगायतका प्रमुख घरायसी उपकरण समेटिएका छन् । क्रिकेट सिजनलाई ध्यानमा राखेर फोरके स्मार्ट टीभी सहितका विभिन्न मोडेलमा विशेष ईएमआई र एक्सचेन्ज सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

४३ इन्चभन्दा ठूला स्मार्ट टीभी खरिद गर्ने ग्राहकले २ हजार २०० रुपैयाँ बराबरको नेट टीभी ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन प्राप्त गर्नेछन् । एलजी, सीजी इन्सपाइरिङ, सीजी मेरिडिया, गोदरेज, टीसीएल, बर्ली, केन्ट आरओ,माइडिया, बेको, ब्ल्याक डेकोर, एलिसिया, सेन्सेइ र क्रम्प्टन रहेका छन् ।

कम्पनीका अनुसार पुराना उपकरण ल्याएर साट्दा बजार अनुसारको उच्च मूल्यांकन प्राप्त हुन्छ र सो मूल्यांकन प्रत्यक्ष रूपमा नयाँ उपकरणको खरिदमा समायोजन गरिएको छ ।

ग्राहकहरूले सीजी एलेक्स डट कममा गएर आफ्नै पुरानो उपकरणको मूल्याकंन अनलाइनबाट चेक गर्न सक्ने सुविधा उपलब्ध छ । ग्राहकले वेबसाइटबाटै तुरुन्तै कति मूल्यांकन आउँछ भन्ने थाहा पाउने भएकाले निर्णय प्रक्रिया अझ छिटो र पारदर्शी हुने कम्पनीले जनाएको छ ।

ईएमआई सुविधालाई सहज बनाइएको कम्पनीले जनाएको छ । सीजी एलेक्सले जगदम्बा हायर पर्चेजसँग टाइ अप गरेर ‘नागरिकता भए पुग्छु सेवा उपलब्ध गराएको छ । ईएमआई लिन ग्यारेन्टरको आवश्यकता नपर्ने र नागरिकता भए पुग्ने बताइएको छ ।

ईएमआई स्वीकृति छिटो हुने र प्रक्रिया सरल बनाएको कम्पनीको दाबी छ ।

जाडोमा बढी प्रयोग हुने गिजर, हिटर, वासिङ मेसिन लगायतका उपकरणमा पनि ईमएआई सुविधा लागू गरिएको छ । त्यस्तै, डिसवासर, कुकिङ रेनज, चिम्नी लगायतका किचन उपकरणमा ईमएआई तथा एक्सचेन्ज दुवै सुविधा उपलब्ध छन् ।

देशभरका सीजी डिजीटल, एलजी ब्रान्ड सप शोरुम, सीजी इलेक्ट्रोनिक्सका अधिकृत डिलर नेटवर्क तथा सीजी डिजिटल डट कम एनपी मार्फत यो सुविधा उपलब्ध हुनेछ । धेरैजसो मोडेलमा निःशुल्क डेलिभर तथा निःशुल्क इन्स्टसशन सेवा पनि गराइने जानकारी कम्पनीले दिएको छ ।