
काठमाडौं । आज(आइतबार) नेपाली बजारमा सुनको मूल्य ६ हजार ९०० रुपैयाँले घटेको भएको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामै ६ हजार ९०० रुपैयाँले घटेको हो ।
शुक्रबार सुनको मूल्य तोलाको २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य २ लाख ४२ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलाको ३ हजार २८५ रुपैयाँ पुगेको थियो ।







प्रतिक्रिया