
काठमाडौं । स्टिलवुड इन्टरप्राइजेज प्रालिको व्यापार २९ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा २९ प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब १८ करोड ३० लाख रुपैयाँ गरेको थियो । सन् २०२५ मा कम्पनीले १ अर्ब ५२ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२३ मा १ अर्ब ३५ करोड रुपैयाँ र सन् २०२२ मा २ अर्ब ४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०१० मा जगदम्बा बिक्री केन्द्रको नाममा दर्ता भएको कम्पनी पनि स्टिल वुड इन्टरप्राइजेजको नाममा परिणत गरेको हो ।
सुनिलकुमार रुङ्गटा र अनुज रुङ्गटाको बराबर स्वामित्व रहेको कम्पनीले निर्माण सामग्री र हार्डवेयर सामग्रीको व्यापार गर्दै आएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा १.०१ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा भने घाटा व्यहोरेको थियो ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७७ करोड २४ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३३ करोड ७४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४३ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।







प्रतिक्रिया