सुनको मूल्य साढे २ लाख कट्यो

371
Shares

काठमाडौं । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा १७० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी तीन हजार ३४५ मा कारोबार भइरहेको छ ।

बुधबार एक तोला सुन दुई लाख ४४ हजार ३०० र चाँदी तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।