
काठमाडौं । आन्तरिक हेलिकप्टरको सेवा दिँदै आएको अल्टिच्युड एयरले एकै वर्ष ५६ करोड रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ५६ करोड रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा ५० करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ४७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १२ प्रतिशतले बढेको छ ।
कम्पनीले गत आवमा १८ प्रतिशत खुद नाफा कमाएको छ । जसमा कम्पनीको कुल नगद सञ्चय २० करोड रुपैयाँ पुगेको छ ।सन् २०२४ मा १४ करोड ६० लाख रुपैयाँ थियो ।
कम्पनीले हालै मात्रै नयाँ हेलिकप्टर खरिद गरी सञ्चालनमा ल्याएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासिकबाट उक्त हेलिकप्टर सञ्चालनमा ल्याएको हो ।
सन् २०१५ मा स्थापना भएको कम्पनीले सन् २०१६ को अक्टोबरबाट व्यवसायिक कारोबार सुरु गरेको थियो ।
कम्पनीले तीन वटा एच१२५ एयरबस हेलिकप्टरबाट च्याटर फ्लाइट, माउन्टेन फ्लाइट, रेस्क्यू फ्लाइट, मेडेभ्याक फ्लाइट, पिल्ग्रिमृज फ्लाइट, फिल्मिङ फ्लाइट, चेजिङ फ्लाइट आदि सेवा दिँदै आएको छ ।
कम्पनीको गत महिनामा मात्रै एउटा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
कम्पनीले एभरेष्ट बेस क्याम्प, लुक्ला, मुक्तिनाथ र पोखरामा सेवा दिँदै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८५ करोड ७ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ६३ करोड १ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २२ करोड ५ लाख रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीको अध्यक्ष निमानुरु शेर्पा हुन् । शेर्पासँगै तीन दशकभन्दा बढीको पर्यटन क्षेत्रमा आबद्ध छन् ।







प्रतिक्रिया