
काठमाडौं । सगरमाथा एग्रो ट्रेडिङले एकै वर्ष ६ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब ९७ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।
सन् २०२४ मा ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा ४ अर्ब ५१ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ४ अर्ब ८३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार सन् २०२४ को तुलनामा गत आवमा ३२ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा खाद्यान्नको उच्च बिक्री हुँदा व्यापारमा उल्लेख्य वृद्धि भएको जनाएको छ ।
गत आवमा ६ अर्ब रुपैयाँको कारोबार गर्दा कम्पनीले ३.७७ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा २.२० प्रतिशत खुद नाफा कमाएको थियो ।
कम्पनीले गरेको व्यापारमध्ये चामलको हिस्सा मात्रै ९८ प्रतिशत रहेको छ । सन् २०२४ मा ९४ प्रतिशत थियो । कम्पनीको व्यापार एउटा वस्तुको कारोबारमा निर्भर छ ।
सन् २०१२ मा स्थापना भएको कम्पनीले विभिन्न देशबाट कृषिजन्य वस्तु आयात गर्दै आएको छ । कम्पनीले चामलसँगै गहुँ, कोदो, मकै र धान आयात गरी बजारको मागअनुसार व्यापार गर्दै आएको छ ।
कम्पनीले खाद्यान्न भारतबाट आयात गर्ने गरेको छ । कम्पनीले प्रशोधन गरी नेपाली बजारमा रिपुराज, मखनखोर, जय हो, मुन्नासाही, नेवारी, मुस्कान, जिम्बु, भोज स्पेशल र रोयल टेस्टी ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
श्यामसुन्दर रुङ्गटाको ३७ प्रतिशत, उमेशकुमार अग्रवालको ३७ प्रतिशत, अभिषेक अग्रवालको १२.५ प्रतिशत, उत्कर्ष अग्रवालको १२.५ प्रतिशत र सवितादेवी रुङ्गटाको १ प्रतिशत स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब १७ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।







प्रतिक्रिया