स्वर्गद्वारी फिडको व्यापारमा उछाल, नाफा कति ?

77
Shares

काठमाडौं । स्वर्गद्वारी फिड प्रालिले एकै वर्ष ७८ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ७७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा १६ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा ९० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापारमा उछाल आए पनि हालसम्म नाफा कमाउन भने सकेको छैन । सन् २०२० मा स्थापना भएको कम्पनीले सन् २०२३ को सेप्टेम्बरबाट व्यवसायिक कारोबार सुरु गरेको थियो ।

त्यसैगरी, कम्पनीले चालु आवको तीन महिनाको अवधिमा ३९ करोड रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले विभिन्न जीवजन्तुको दाना उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले कुखुराको दाना, गाइवस्तुको दाना उत्पादन गर्दै आएको छ ।

कम्पनीले ब्रोइलर, लेयर्स र गिरीराज, क्रोइलर र लोकर दाना उत्पादन गर्दै आएको छ । साथै, कम्पनीले बीजीरो (प्रि–स्टार्टर, बीवान (ग्रोअर), बीटु (डेभलपर) गरी तीन चरणको दाना ब्राइलर दाना उत्पादन गर्दै आएको छ । लेयर्सको पनि एलवान, एलथ्री, एलफोर र गिरीराज, क्रोइलर र लोकलको केजीटु रहेको रेटिङमा उल्लेख छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५२ करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दाना उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत, थाइल्यान्ड, अमेरिका र चीनबाट आयात गर्ने गरेको छ । जसमा ८९ प्रतिशत कच्चा पदार्थ स्वदेशी र ११ प्रतिशत विदेशबाट आयात गर्ने गरेको छ ।