सुनको मूल्य आज पनि बढ्यो, तोलाको कति पुग्यो ?

2.5k
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार(आज) सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ । सुन बिहीबार तोलामा २ लाख ३७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार २० रुपैयाँ कायम भएको हो।