
काठमाडौं । नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) सँग भेटवार्ता गरेका छन् ।
शुक्रबार बिहान ललितपुरस्थित हरिसिद्धीमा रहेको विप्लवको निवासमा पुगेर नेताद्वयले भेट गरेका हुन् । तीन नेताबीच अहिले वैकल्पिक राजनीतिक शक्ति निर्माण र आगामी सहकार्यबारे छलफल भइरहेको बताइएको छ ।
माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीचको एकता प्रक्रियाबाट असन्तुष्ट रहेका नेताहरू छुट्टै राजनीतिक ध्रुवीकरणतर्फ लाग्ने तयारीमा रहेको चर्चा चलिरहेको छ । पार्टी विभाजन अघि नै शर्मा, राम कार्की र भूसालले विप्लवलगायतका नेताहरूसँग नयाँ ध्रुवीकरणका लागि अनौपचारिक संवाद गर्दै आएका थिए ।
शर्माले यसअघि वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग पनि छलफल गरेका थिए ।







प्रतिक्रिया